डाँका मुद्दामा ६ बर्षदेखि फरार युवक पक्राउ, घरेलु मदिरा नष्ट
![](https://app-zboncak.rraosqvlbs-lxd6r09rk69g.p.temp-site.link/wp-content/uploads/2020/07/109250598_1176862746008394_6299942777468828086_n.jpg)
सप्तरी, ३० असार । डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर बिगत ६ बर्षदेखि फरार एक युवकलाई सप्तरी प्रहरीले आज पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कड्रबोनाबाट खटिएको प्रहरी टोलीले डाँका मुद्दामा जिल्ला अदालत सप्तरीबाट गत २०७१ असार १७ गते २ महिना १२ दिनको कैद सजाय पाएर फरार सप्तरीको सुरुङ्गा नगरपालिका ५ निवासी २२ बर्षीय बिनय कुमार रामलाई पक्राउ गरेको हो ।
बजारमा घुमफिर गरिरहेको गोप्य सुुचनाको आधारमा खटिएको प्रहरी टोलीले रामलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय कड्बोनाका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।
पक्राउ परेका रामलाई आवश्यक कार्वाहीका लागि जिल्ला अदालतका पेश गरिने प्रहरी निरीक्षक केसरीले बताए ।
यस्तै प्रहरीको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिकाको बिभिन्न वडाबाट ठुलो परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिई आज नष्ट गरेको छ ।
अबैध मदिरा नियन्त्रण अभियान अन्तगर्त इलाका प्रहरी कार्यालय कड्रबोनाबाट खटिएको प्रहरी टोलीले सप्तरीको सुरुङ्गा नगरपालिकाको वडा नम्बर ३, ४ र ५ को बिभिन्न स्थानबाट १ हजार १०० लिटर घरेलु मदिरा, १ हजार लिटर कच्चा पदार्थ तथा मदिरा बनाउने प्रयोग गरिएको भाडाकुडा नियन्त्रणमा लिई नष्ट पारेको हो ।
नियन्त्रणमा लिएको घरेलु मदिरा र कच्चा पदार्थ स्थानीयबासी तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरी निरीक्षक केसरीले जानकारी दिए ।
क्याटेगोरी : समाचार, मधेस प्रदेश
प्रतिक्रिया