Techie IT
×
गृहपृष्ठसमाचारआफ्नै ठूलो बुवाको हत्या

आफ्नै ठूलो बुवाको हत्या


कास्की, २८ असार । आफ्नै ठूलो बुवाको हत्या गरेको अभियोगमा मादी गाउँपालिका–४ घाम्नुङ बस्ने ५५ वर्षीय नवराज सापकोटालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले ठुलो बुवाहरु सोही ठाउँ बस्ने ७७ वर्षीय केशबराज सापकोटा र ७९ वर्षीय पिताम्बर सापकोटालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा दुवै घाइतेलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पोखरा लगिएकोमा पिताम्बर सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाइते केशवराजको सोही अस्पतालमा उपचार भइरहेको छ छ भने यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस