Techie IT
×
गृहपृष्ठसमाचारकान्तिपुरमा असार ३० मा धर्ना

कान्तिपुरमा असार ३० मा धर्ना


कान्तिपुरमा कार्यरत मजदुर तथा कर्मचारीहरुले असार ३० गते धर्ना दिने भएका छन् । नारीबाहेक साप्ताहिक र नेपाल साप्ताहिकका पत्रकारहरुलाई जवर्जस्ती अवकाश दिने र नमाने घोक्रेयाठ्याक लगाउने र पछि अन्य कर्मचारी र मजदुरहरुलाई पनि निस्काशन गर्ने व्यवस्थापनको आन्तरिक योजना थाहा पाएपछि त्यहाँका आधिकारिक टे«ड युनियनहरुले धर्ना दिएर आन्दोलन थाल्ने अध्यक्षहरुले बताएका छन् । त्यसका लागि पत्रिका वितरकसहित सञ्चारकर्मीहरुलाई बोलाएर भेला गरिसकिएको एक पीडित सञ्चारकर्मीले बताए ।

नागरिक दैनिक र एपी वान १ मा धर्ना

असार २४ गते बुधवार नागरिक दैनिक र एपी वान १ टेलिभिजनमा नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरुको पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै कालो ब्यानर टाँगेर धर्ना कार्यक्रम राख्यो ।

महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीको नेतृत्वमा भएको सो कार्यक्रममा सञ्चारकर्मीको उत्साहजनक सहभागिता थियो ।

सम्पादकको मुटु खोज्दै पत्रकार

कोरानाको बहानामा दर्जन मिडिया हाउसहरुले भटाभट निस्काशन गर्न थालेपछि पत्रकारहरु आफ्ना सम्पादकहरुको मुटु खोजिरहेका छन् । ‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ, मर्म छैन’, ‘कोरोनाकालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकै सडकमा’ नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर केही दिन पहिला बबरमहलमा प्रदर्शनमा सहभागी भएका थिए । रमाइलो पक्ष त के भने सम्पादकको मुटु छ मर्म छैन भन्ने नारा लेखेर प्रदर्शनमा उत्रिएको समाचार र फोटो ठूला मिडियाका सम्पादकहरुले पनि कभरेज गरेका थिए । समाचार आएको देख्दा धेरै पत्रकारहरुले सम्पादकहरुलाई दवाव पुगेको अनुभूति गरेका थिए ।

औपचारिक रुपमै पत्रकार महासंघले घोषणा गरेर १९ गतेदेखि शुरु गरेको पत्रकारहरुको आन्दोलन तात्दै गएको छ ।

प्रेस संगठन नेपाल, प्रेस युनियन, लोकतान्त्रिक छापा माध्यम समाज, क्रान्तिकारी पत्रकार संघ/संगठनहरुको निरन्तर सहभागिता र ऐक्यबद्धता रहदैं आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस