Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा ठोक्किएर वनमा आगलागी, ६ जना घाइते


काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा गोरेटो बाटो खन्ने क्रममा ढुङ्गा एक आपसमा ठोक्किएर वनमा आगलागी भएको छ । आगलागी हुँदा ६ जना घाइते भएका छन् ।

हिजो दिउँसो रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एक आपसमा ठोक्किँदा आगलागी भएको गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाले जानकारी दिइन् । उनका अनुसार आगलागीमा परेर गोरेटो बाटो खनिरहेका ६ जना घाइते भएका हुन् ।

घाइते सबैलाई उद्धार गरेर हिजो बेलुका नै सदरमुकाम रुकुमकोट पुर्याएर उपचार थालिएको छ । जङ्गलमा लागेको आगो निभाउने प्रयास भैरहेको उपाध्यक्ष बुढाले जानकारी दिइन् । रन्मा पुग्न सदरमुकाम रुकुमकोटबाट पाँच घण्टा गाडीमा तथा चार घण्टा पैदल यात्रा गर्नुपर्छ ।  
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट