Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

विषु पर्व मनाउन घर फर्कँदै सुदूरपश्चिमेली


कैलाली । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै यति बेला घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमामा रहेको सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।

हेल्प डेस्ककाअनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न शहरबाट गएको मङ्गलवारदेखि हिजो आइतवारसम्म दुई हजार छ सय ७७ नेपाली फर्किएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको हो ।

अन्य देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायतका कारणले पनि धेरैजसो सुदूरपश्चिमेली रोजगारीका लागि भारत जाने गरेका छन् ।

लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश साउदले विषु पर्व मनाउनकै लागि घर फर्केको बताए । खेतीपाती भित्र्याउने समय भएको र विषु पर्व पनि आइरहेकाले भारतको पन्जाबबाट आएको कैलालीको धनगढीका नारद आउजीको भनाइ छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट