Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

काठमाण्डौं उपत्यकामा तीन हजारभन्दा धेरै सीसी क्यामरा जडान


काठमाण्डौं, ५ पुस । काठमाण्डौं उपत्यकामा तीन हजारभन्दा धेरै सीसी क्यामरा जडान भएका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाकाअनुसार अहिलेसम्म उपत्यकाभित्र ३ हजार ४ सय ८५ सीसी क्यामरा जडान भएका छन्।

काठमाण्डौ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सीसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सीसी क्यामरा जडानको काम अगाडि बढेको एआईजी थापाले जानकारी दिनुभयो । उहाँले सुरक्षा तथा अपराध न्यूनीकरणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

हिजो टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन शीलान्यास कार्यक्रममा उनले पालिकासँगको सहकार्यमा सीसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए । काठमाण्डौ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई तीव्र पारिएको छ ।

त्यस्तै, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न पहल गरिने एआईजी थापाले बताए । उनले नयाँ बसपार्क क्षेत्र वरपर हुने विकृति, विसङ्गति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताए ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि नगरपालिकाले निर्णय गरिसकेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट