Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

सर्लाहीमा गोली हानेर सहकारीको रकम लुटपाट


सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाको पाँच लाख रुपैयाँ नचिनेका व्यक्तिले  लुटेका छन् ।

एनआईसी एसिया बैंकबाट पैसा निकालेर सहकारी संस्थातर्फ लैजाँदै गरेकाहरूलाई नचिनेका व्यक्तिले गोली हानेर रकम लुटपाट गरेका प्रहरीले जनाएको छ । सहकारी संस्थाका प्रबन्धक रामनाथ राय र निरा राय पैसा लिएर चढेको मोटरसाइकललाई नियन्त्रणमा लिएर रकम लुटपाट भएको हो ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्र पंजियारले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट