Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

तराईबाट ल्याएका चिनी काभ्रे प्रहरीद्वारा बरामद


काठमाडौं । जिल्ला प्रहरी कार्यालय काभ्रेले तराईका विभिन्न जिल्लाबाट वीपी राजमार्ग हुँदै काठमाडौं आउने सार्वजनिक गाडीमा ल्याइएको चिनी बरामद गरेको छ ।

प्रहरीले यस रुट भएर चल्ने गाडीमा अवैध रूपमा चिनी भित्रिरहेको सूचनाका आधारका जाँच गर्ने क्रममा १० क्विन्टल चिनी बरामद गरेको जनाएको छ । पाँच किलो, १० किलो, १५ किलो लगायत स–साना पोकामा रहेको चिनी पनि प्रहरीले बरामद गरेको छ ।

पछिल्लो केही महिनादेखि बजारमा चिनीको अभाव भएपछि तराईका विभिन्न जिल्लाबाट अवैध रूपमा चिनीको ओसारपसार भएको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले बताए । उनले सार्वजनिक गाडीमा बिल नभएका, कर छली गरी बोरामा पोका बनाई लुकाएर ल्याएका चिनी जफत गरेको बताए ।

सर्वसाधारणले भने घरायशी प्रयोजनका लागि ल्याएको चिनी पनि बरामद गरेको भन्दै आक्रोश पोखेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट