Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

'क्वार्ज क्रिस्टल' गाेरखा दरबारमा प्रतिस्थापन


गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहुमूल्य धातु क्वार्ज क्रिस्टल गाेरखा दरबारमा प्रतिस्थापन गरेका हुन् । गोरखा नगरपालिकाले आज गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रममा उनले क्वार्ज क्रिस्टल प्रतिस्थापन गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिस्टलकाे प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । क्वार्ज क्रिस्टलले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँटा थपिएकाे उनकाे भनाइ छ ।

प्रधानमन्त्रीले क्वार्ज क्रिस्टलकाे सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिए । तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा क्वार्ज क्रिस्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा शिला पूजासमेत गरिएको थियो ।

गएकाे असार १४ गते गोरखा नगरपालिका–७ सतिपिपलबाट टल्कने ढुङ्गा अर्थात् क्वार्ज क्रिस्टल प्रहरीले बरामद गरेको छ । बरामद भएकाे क्वार्ज क्रिस्टल कहाँ राख्ने भन्ने विषयमा विवाद हुँदै आएकाेमा मन्त्रिपरिषद्काे बैठकले गाेरखा दरबार परिसरमा राख्ने निर्णय गरेकाे थियाे ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट