Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर


काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका छन् । घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो फैसला सुनाएको हो ।

डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना तथा केसीलाई घुस दिने व्यवसायी जिसीलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए ।

केसीले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो ।

खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन बरामद भएको थियो । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट