Techie IT
  • २०८१ वैशाख १५, शनिबार

इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले दिए आवेदन


काठमाडौं, २२ असोज । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन्। तेल अविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी दिएको छ।

शनिबार विहान प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस जना नेपालीको मृत्यु भएको छ। लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका थिए।

दस जनाको नेपालीले ज्यान गुमाएपछि सरकारले त्यहाँस्थित दूतावासमार्फत् नेपालीहरूलाई नेपाल फर्काउने तयारी गरेको छ। सरकारको निर्देशनपछि दूतावासले नेपाल फर्किन चाहनेहरूका लागि आवेदन खुला गरेको छ। सोमबार साँझसम्म दुई सयभन्दा बढीले नेपाल फर्किनका लागि आवेदन दिएको दूतावासले जनाएको छ।

तेल अविवस्थित नेपाली दूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि अनलाइन रजिष्ट्रेशन सरू गरेको थियो। उसले सामाजिक सञ्जाल र वेवसाइटमार्फत् त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि विवरण संकलन सुरु गरेको हो।

'इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनमा आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सूरु गरेको छ। यस प्रक्रियामा सहभागी हुन इईच्छुक नेपाली नागरिकहरूले दूतावासको वेवसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहुन आह्वान गर्दछौं,' दूतावासले सार्वजनिक सूचना आह्वान गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट