Techie IT
  • २०८१ वैशाख २५, मंगलबार

आज विश्व रेबिजविरुद्धको दिवस


काठमाण्डाै । आज विश्व रेबिजविरुद्धको दिवस, ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ भन्ने नाराकासाथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउन हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज विरुद्धको दिवसको रुपमा मनाइन्छ ।

नेपालमा रेबिज चुनौती बन्दै गएको डाक्टरले बताउँदै आएका छन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जना कुकुर र नौ हजार नौ सय २१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए । यस्तै, आव २०७५/ ७६ मा ३२ हजार आठ सय ८२ जनालाई कुकुरले टोकेको थियो । यो सङ्ख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार नौ सय ९६ जना पुगेको थियो ।  

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्युरोट्रोपिक भाइरस भनिन्छ । जुन कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ । उज्यालो, पानी र हावादेखि डर लाग्ने हुन्छ । यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । महाशाखाका पशु चिकित्सा अधिकारी रोशिका श्रेष्ठका अनुसार कुकुरलगायत जनावरले टोक्नासाथ रेबिजविरुद्धको खोप लगाए यो रोगबाट बच्न सकिन्छ ।

अन्यथा एक पटक लक्षण देखा पर्न थालेपछि, यो घातक हुन्छ र धेरैजसो अवस्थामा बिरामीको ज्यान जान्छ । घरमा पालेको कुकुरमा समेत सङ्क्रमण हुन सक्ने भएकाले उनीहरुले टोके रेबिजविरुद्धको खोप लगाउन उनको सुझाव छ । सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट