Techie IT
  • २०८१ वैशाख १५, शनिबार

सञ्चारकर्मी र सञ्चारमाध्यम आफैँ जिम्मेवार हुन सक्नुपर्छः राष्ट्रपति पौडेल


काठमाडौं, ६ असोज। लोकतन्त्र भएका मुलुकमा पत्रकारितालाई चौथो अङ्गको रूपमा मानिएपछि पछिल्लो समय केही गलत अभ्यासहरू पनि हुने गरेको बताउँदै गलत र भ्रामक सूचना सम्प्रेषण गर्ने आफैँ दण्डित हुने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘पत्रकार वा प्रेसलाई कुनै कानुन, नियम बनाएर नियन्त्रण गर्नुपर्छ भन्ने दृष्टिकोणको म सँंधै विपक्षमा उभिँदै आएको हुँ । गलत र भ्रामक सूचना दिने सञ्चारमाध्यमलाई पाठक, श्रोता वा दर्शकले दण्डित गर्दछन् भन्ने दर्शनमा मलाई विश्वास छ । सञ्चारकर्मी र सञ्चारमाध्यम आफैँ जिम्मेवार हुन सक्नुपर्छ । तर पनि समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयता तथा मर्यादा कायम राख्न र प्रेस स्वतन्त्रताको सदुपयोग होस् भनेर लोकतन्त्रमा काउन्सिलजस्ता निकाय स्थापना गरी आचारसंहिता तोक्ने, कार्यान्वयन भए, नभएको अनुगमन गर्ने जिम्मेवारी बहन गर्दै आइरहेको छ । सार्वजनिक नैतिकता र नागरिकहरूको मर्यादा कायम राख्न लगाउनका लागि काउन्सिलको भूमिका महत्त्वपूर्ण हुन्छ ।'

प्रेसको स्वतन्त्रता र पत्रकारिताको मर्यादामाथि कतैबाट प्रश्न उठ्न नदिन काउन्सिल स्वयंको पनि निष्पक्ष र स्वतन्त्र तथा सृजनात्मक भूमिका हुनु पर्ने उनले बताए ।

स्वस्थ पत्रकारिताको विकासका लागि उपर्युक्त वातावरण सृजना गरी यो क्षेत्रलाई मर्यादित र विश्वसनीय बनाउन काउन्सिलको स्थापना भएको हो । काउन्सिलले आज स्थापना दिवस मनाउनमा खुसी व्यक्त गर्दै उनले प्रेस काउन्सिलको बेग्लै इतिहास, गरिमा र महत्त्व रहेकाले त्यसलाई झन् बढाउन आजको दिनले सबैलाई प्रेरित गरोस् भनी शुभकामना समेत दिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट