Techie IT
  • २०८१ जेष्ठ १, मंगलबार

जाम्बियाको स्रोतसाधन लुट्ने क्यानाडा ,ऋण संकटको दोष जति चीनमाथि थोपर्ने गरिएकोमा विज्ञहरू छक्क


काठमाडौं । जाम्बियाको स्रोतसाधन सबै लुट्ने क्यानाडाले तर त्यहाँको ऋण संकटको दोष जति चीनमाथि थोपर्ने चालबाजी अपनाइएको पाइएको छ । जाम्बियाको पूर्वनिर्धारित ऋणलाई लिएर अमेरिकी र चिनियाँ सरकारबीचको भूराजनीतिक भिडन्तमा जाम्बियाको ऋण संकटमा क्यानाडाको दोष जतिलाई बेवास्ता गरिएको अन्तर्राष्ट्रिय क्षेत्रमा औँल्याउन थालेपनि यस्तो देखिएको हो । “चीन जाम्बियाको ऋण संकट अन्त्य गर्न बाधा हो, जेनेट येलेन भन्छिन्”( चाइना जी ब्यारियर टु इन्डिङ जाम्बियन डेट क्राइसिस, सेज जेनेट येलन) भर्खरैको फाइनान्सियल टाइम्सले यस्तो शीर्षकमा समाचार बनायो । यसैगरी फरेन पलिसीले “के जाम्बियाको ऋण संकटको लागि चीन जिम्मेवार छ?”( इज चाइना रिस्पन्सिबल फर जाम्बियाज डेट क्राइसिस) र अफ्रिकन बिजनेशले “के जाम्बियाको ऋण वार्ता गर्नका लागि चीनलाई दोष दिनु पर्छ?”( शुड चाइना बि ब्लेम्ड फर जाम्बियाज डेट क्राइसिस)मा यस्तो समाचार प्रकाशित भयो । दुई हप्ता अघि एसोसिएटेड प्रेसले “चीनको ऋणले विश्वका गरिब देशहरूलाई पतनको छेउमा धकेल्दै”(चाइनाज लोन्स पुसिङ वर्ल्ड्स पुअरेस्ट कन्ट्रिज टु ब्रिंक अफ कोल्याप्स) शीर्षकको एक लामो लेख प्रकाशित ग¥यो । यो लेख जाम्बियाबारे व्यापक रूपमा केन्द्रित थियो। अमेरिकी सरकारले भूपरिवेष्ठित दक्षिणी अफ्रिकी राष्ट्रको ऋणको पुनः वार्ता गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष÷पेरिस क्लब अफ लेनदार राष्ट्रहरूको योजनासँग मिल्न असफल भएकोमा चिनियाँ सरकारको आलोचना गरेको छ । यसको जवाफमा चिनियाँहरूले अमेरिकालाई आफ्नो ऋण मुद्दाहरूमा ध्यान केन्द्रित गर्न भनेका छन्। ऋण संकटको लागि चीनलाई दोष दिएर उसलाई दानव बनाउने अभियानले अमेरिका, आईएमएफ÷पेरिस क्लबको प्रभाव घट्दै गएको चिन्तालाई झल्काउँछ। आईएमएफ÷पेरिस क्लबको शक्ति कमजोर हुनु स्वागतयोग्य छ, तर बढ्दो अन्तर्राष्ट्रिय ऋण संकटको प्रभावको बारेमा वैध चिन्ताहरू व्यक्त हुनु अर्को कुरो छ । यो छलफलको एक प्रमुख कारण भनेको आईएमएफ, क्यानाडा र क्यानाडाको खानी कम्पनीहरूले तामाको धनी देशमा यसअघिको ऋण संकटको फाइदा उठाएर जाम्बियाको आकर्षक सम्पत्ति खोस्नु कुरालाई ओझेलमा पार्नु रहेको विज्ञहरूको भनाइ रहेको छ । १ करोड ६० लाख जनसंख्या भएको जाम्बियामा सबै भन्दा ठुलो विदेशी लगानीकर्ता भ्यानकुभरस्थित फर्स्ट क्वान्टम मिनरल्स(एफक्यूएम)ले देशको आधा तामामा नियन्त्रण कायम गरेको छ । जाम्बियामा क्यानाडाली खानी सम्पत्ति ९ अर्ब ४० करोड अमेरिकी डलर बराबर वा यसको सम्पूर्ण जीडीपीको आधा बराबरको थियो। सन् १९९०मा जाम्बियन कन्सोलिडेटेड कपर मान्सको पहिलो पटक निजीकरण भएदेखि एफक्यूएमले बर्सेनी ७ लाख टन तामा उत्पादन ग¥यो । अत्यधिक ऋणी देश जाम्बियाले आफ्नो तामा र सार्वजनिक खानी कम्पनी बेच्न ठूलो दबाबमा थियो। जाम्बियाका पूर्व अर्थमन्त्री एडिथ नवाक्वीले भने अनुसार जाम्बियालाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा समावेश सल्लाहकारहरूले भनेका थिए कि ... अर्को २० वर्षसम्म जाम्बियन तामाले नाफा कमाउने छैन। तर, यदि निजीकरण गरे ऋण राहतमा पहुँच गर्न सक्षम हुनेछौं र यो हाम्रो अगाडि मर्ने महिलाको अगाडि औषधि हल्लाउने जस्तै ठुलो गाजर थियो । हामीसँग विकल्प थिएन ।” ओटावाले निजीकरण धक्कामा भूमिका खेलेको थियो। क्यानाडा विश्व बैंकको नेतृत्वमा रहेको दाताहरूको सल्लाहकार समूहको हिस्सा थियो जसले तामाको बिक्रीलाई बढावा दियो। दाताहरूका लागि बिक्री धेरै ढिलो हुँदै गएपछि, पेरिसमा मे १९९८ को सल्लाहकार समूहको बैठकले जाम्बियाको खानी कम्पनी जेडसीसीएमको निजीकरणमा निर्भर भुक्तानी सन्तुलन समर्थनका लागि ५३ करोड अमेरिकी डलर बराबरको थियो । वास्तवमा क्यानाडाले १९८०को दशकको उत्तरार्धदेखि जाम्बियामा नवउदारवादी सुधारहरू प्रवद्र्धन गर्न आफ्नो सहायताको फाइदाको रूपमा प्रयोग गरिरहेको थियो। आर्थिक सुधारको लागि धक्काको रूपमा ओटावाले एउटा सम्झौता सुरक्षित ग¥यो । जसले बैंक अफ क्यानडाका पूर्व उपाध्यक्षलाई भूमिका प्रदान ग¥यो। बैंक अफ जाम्बियाका गभर्नर, जहाँ उनले देशको मौद्रिक नीतिहरू र आईएमएफ लाई प्रतिक्रियाहरूको निरीक्षण गरे । सार्वजनिक खानी हतारमा बिक्री भयो । जुन जाम्बियालीहरूका लागि अत्यधिक प्रतिकूल थियो। तामाको मूल्य ऐतिहासिकरूपमा कम थियो । वार्ताको नेतृत्व गर्ने व्यक्ति, फ्रान्सिस कौंडा, सार्वजनिक कम्पनीलाई ठगी गरेको आरोपमा पछि जेलमा परेका थिए । विदेशी खानी कम्पनीहरूले पनि अति कम रोयल्टी दरहरू र १५ वर्ष वा सोभन्दा बढी कर छुट फिर्ता लिएको खण्डमा सरकारलाई अन्तर्राष्ट्रिय मध्यस्थतामा लैजाने अधिकारमा वार्ता गरे । धेरै बहुराष्ट्रिय कम्पनीहरूले एक वा दुई वर्षमा आफ्नो लगानी फिर्ता लिए । सन् २०००को मध्यमा तामाको मूल्य पाँच गुणा बढ्यो । तिनीहरूले ठूलो नाफा कमाए । कर छुट र अति कम रोयल्टी दरहरू स्वीकार गरेपछि, सरकारले विश्वव्यापी तामाको मूल्यमा भएको वृद्धिबाट थोरै मात्र पायो । सन् २००६मा तामाबाट जाम्बियन रोयल्टीले ४ अर्ब अमेरिकी डलर मूल्यमा तामा निकासीमा लगभग २ करोड ४० लाख अमेरिकी डलरको प्रतिनिधित्व गर्न पायो । ०.६ प्रतिशत रोयल्टी दर संसारमा सबैभन्दा कम मानिएको थियो। सरकारले खानी कम्पनीलाई कर तिरेर लिनु खराब थियो । सन् २००० र २००७बीच जाम्बियाले १२ अर्ब २४ करोड अमेरिकी डलर बराबरको तामा निर्यातमा जाम्बिया सरकारले मात्र २४ करोड ६० लाख अमेरिकी डलर बराबरको कर संकलन गर्न पायो । यस्ता धेरै कारणहरूले जाम्बियाको ऋण संकट निम्तिएको छ । तर अमेरिकी साम्राज्यको भूराजनीतिक स्वार्थ अनुरूप चीनलाई दोष दिन आवश्यक भएपनि क्यानाडाली कम्पनीहरूले देशको विशाल खनिज सम्पदाको लुटपाट गरेको कुरोलाई यसरी लुकाइरहेकोमा अन्तर्राष्ट्रिय विज्ञहरू छक्क परेका छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट