Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

नेटोद्वारा युक्रेनलाई बृहत् सैन्य सहयोग


उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) र उसका साझेदारहरूले युक्रेनलाई उसको गुमेको भूभाग रुसबाट फिर्ता लिन बृहत् सैन्य सहयोग उपलव्ध गराएका छन् । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गका अनुसार युक्रेनलाई एक हजार पाँच सय ५० वटा बख्तरबन्द गाडी र दुई सय ३० वटा ट्याङ्क प्रदान गरिएको छ । अघिल्लो वर्षको फेब्रुअरीमा युक्रेनमाथि रुसी हमला भएपछि प्रदान गरिएको सैन्य सहयोगमा यो सबैभन्दा ठूलो हो । आज ब्रसेल्समा भएको पत्रकार सम्मेलनमा नेटो प्रमुखले युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धताअनुरूप ९८ प्रतिशत सैन्य सहायता प्रदान गरिएको बताए । युक्रेनका नौ वटा नयाँ ब्रिगेडलाई तालिम दिइएको तथा ती युद्धदस्तालाई हातहतियार दिइएको जानकारी पनि उनले दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट