Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोभिड–१९को पहिलो केस फेला परेको आंशकामा उत्तरकोरियामा संकटकाल घोषणा

कोभिड–१९को पहिलो केस फेला परेको आंशकामा उत्तरकोरियामा संकटकाल घोषणा


काठमाडौ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९सम्बन्धी बैठक गरी देशमा संकटकालको घोषणा गरेका छन् ।

अवैध तरिकाले सीमा परेका एक जनामा कोरोनाको लक्षण देखिएपछि काइसोङ शहरलाई लकडाउन गरिएको छ।

उत्तर कोरियाको पहिलो बिरामी पेसेन्ट जीरो हुन सक्ने आंशका गरिएका ती व्यक्ति जुलाइ १९मा सीमा पार गरेका थिए ।

उनको विभिन्न किसिमको चिकित्सा परीक्षण गरी क्वारेन्टाइनमा राखिएको त्यहाँको समाचार संस्था केसीएनएले जनाएको छ ।

यो व्यक्तिमा कोभिड–१९ भएको पुष्टि भए यो व्यक्ति त्यहाँको पहिलो व्यक्ति ठहरिनेछन् ।

शनिबार उत्तर कोरियाली नेतृत्व र स्वास्थ्य अधिकारीहरुले काइसोङ शहरको खतरनाक अवस्थाबारे छलफल गरेका थिए । यो देशका लागि प्राणघाती र ध्वंसकारी विपत्ति ल्याउन सक्ने निर्णय गरिएको थियो ।

काइसोङ शहरलाई बन्दगरी यसका जिल्ला र क्षेत्रहरुलाई एक अर्कासँग छुट्टयाइ राख्ने निर्णय गरिएको किम जोङले भने । त्यो व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी तदारुकताका साथ अगाडि बढाइएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस