Techie IT
  • २०८१ वैशाख १५, शनिबार

विश्वव्यापी विद्युतीय वाहन व्यापारमा चीन अगाडि


काठमाडौ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले (आईएई) विद्युतीय सवारी साधनको बिक्री रेकर्ड चीनको सबै भन्दा उच्च भएको जनाएको छ। ब्याट्री इलेक्ट्रिक कारहरू र प्लग–इन हाइब्रिडहरूको विश्वव्यापी बिक्रीले सन् २०२२मा १ करोडको अंक पारे गरेको छ । आईईएले जनाए अनुसार विद्युतीय वाहन ६० प्रतिशत चीनमा बिक्री भएको आफ्नो प्रतिवेदनमा जनाएको हो । दोस्रो ठूलो बजार युरोप हो । त्यहाँ २०२२ मा विद्युतीय कारको बिक्री १५% भन्दा बढीले बढ्यो । संयुक्त राज्य अमेरिका तेस्रो ठूलो बजार रहयो । गत वर्षको तुलनामा ५५%ले वृद्धि देखियो । यो विश्वको कुल कार बिक्रीको ८% रहयो । कुल कार बिक्रीमा विद्युतीय सवारीसाधनको हिस्सा विगत केही वर्षहरूमा लगातार बढ्दै गएको छ । जुन २०२० मा ५% भन्दा कम गत वर्ष १४% मा बढेको छ, आईईएले जनायो । चिनियाँ विद्युत वाहन निर्माता कम्पनी बीवाईडी, एलोन मस्कको टेस्लाको प्रतिद्वन्द्वी रहयो । यस वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा ४११% माथि उक्लिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट