Techie IT
  • २०८१ वैशाख १७, सोमबार

मस्को हमलामा संलग्न चार जना विरुद्द अदालतमा मुद्दा दायर


मस्को । रुसले मस्कोको कन्सर्ट हलमा कम्तिमा १३७ जनाको ज्यान जाने गरी भएको आक्रमणमा चार संदिग्ध आक्रमणकारीविरुद्द मुद्दा चलाउन थालेको छ । सबै संदिग्धहरूलाई आँखामा पट्टी बाँधेर मस्कोको अदालतमा ल्याइएको थियो, जसमध्ये एक ह्वीलचेयरमा थिए। सबैलाई आतंकवादको आरोप लगाइएको छ।

यी चार अभियुक्तहरूको नाम दलर्दजोन मिर्जोएभ, सैदाक्रामी मुरोदली रचाबलिजोडा, शम्सिदिन फरीदुनी र मुहम्मदसोबिर फैजोभ रहेको जानकारी दिइएको छ । सार्वजनिक भएको भिडियोमा प्रहरीले तीन जना अभियुक्तलाई आँखामा पट्टी बाँधेर रुसको राजधानी बसमेनी जिल्ला अदालतमा लैजाँदै गरेको देखिन्छ । सबै अभियुक्त घाइते अवस्थामा छन् ।

इस्लामिक स्टेट समूहले शुक्रबार क्रोकस सिटी हलमा आक्रमण गरेको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको छ। यसैबिच रुसी अधिकारीहरूले यस घटनामा युक्रेनको संलग्नता रहेको आरोप लगाएका छन् । तर युक्रेनले यी दाबीहरूलाई खारेज गरेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट