Techie IT
  • २०८१ वैशाख २४, सोमबार

भारतको उडिसामा स्क्रब टाइफसको सङ्क्रमण फैलियो


भारतको पूर्वी राज्य उडिसामा स्क्रब टाइफसको सङ्क्रमण फैलदै गएको छ । सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी’ नामक ब्याक्टेरियाबाट हुने रोग हो ।

डाक्टरका अनुसार यो सङ्क्रमण जङ्गली जनावरमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्ने गर्छ । स्क्रब टाइफसको सामान्य लक्षण ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीँ जिउ चिलाउने हुन्छ ।

उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रका अनुसार मिल्दोजुल्दो लक्षणबाट आठ जनाको ज्यान गएपछि अनुसन्धानलाई तीव्र पारिएको छ । उनका अनुसार यस वर्ष पनि उडिसा राज्यमा स्क्रब टाइफसको सङ्क्रमण बढेको छ । गएको वर्ष त्यहाँ झण्डै एक हजार ५ सय सङ्क्रमित भेटिएका थिए ।

सङ्क्रमणको शुरुवाती चरणमा रोग पहिचान हुन सकेमा सामान्य एन्टिबायोटिकको प्रयोगबाट उपचार गर्न सकिन्छ । तर सङ्क्रमण जटिल अवस्थामा पुगेमा बिरामीको ज्यानै जाने जोखिम हुने निर्देशक मिश्रले बताएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट