Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने व्यवसायीको चेतावनी


काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने चेतावनी दिएको छ । महासङ्घले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असार १६ गतेदेखि देशभर गिट्टी, बालुवा उत्पादन बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासङ्घले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन माग गरेको छ । पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानका लागि पहल गरे पनि अहिलेसम्म नभएको बताए। उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुन बमोजिम सञ्चालनमा आएका उद्योगहरूसमेत बन्द गरेको बताए । उनले मन्त्रिपरिषद्ले गएको माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानुनअनुसार लाग्ने कर, दस्तुर, शुल्कलगायत राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रूपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताए । अध्यक्ष न्यौपानेले क्रसर उद्योगहरू दर्ता वा राजस्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरू नवीकरणसमेत नभएको बताए। उनले सरकारले कानून बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन नगरे असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूबाट बिक्रीरवितरण तथा उत्पादन ठप्प गरी अनिश्चितकालका लागि बन्द गर्ने बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट