Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

नखेल्नु जुवा र तास ...


‘नखेल्नु जुवा र तास, धनको नास, जीवनको वनबास ।’ नेपाली समाजमा बेलावखत प्रयोग गरिने उखान हो यो । जुवातास खेल्दा पैसा र इज्जतको नास हुने भएकाले उहिलेदेखि नै बूढापाकाले जुवा खेल्नुलाई विकृतिको रुपमा लिँदै आएका थिए । दसैँमा रमाइलो गर्ने नाममा घरपरिवारका सदस्यहरुबीच तास र जुवा खेल्दा त्यसले झगडाको रुप निम्तिन सक्ने भएकाले चाडपर्वलाई जुवातासँग जोड्नु नहुने भनाइ हाम्रो समाजमा अझै विद्यमान छ । 

यस वर्षको दसैँका लागि बैंकमा नयाँ नोट साट्न सुरु भएको छ । दसैँका लागि सरकारको पहलमा व्यवसायीहरुले गातायातको अग्रिम टिकट बुकिङ खुला गरेका छन् । दसैँकै लागि भनेर देशका बिभिन्न स्थानमा सरकारले सहुलियत पसल सञ्चालन गरेको छ । हिन्दू नेपालीहरुको ठुलो पर्व दसैँ मनाउनका लगि खाद्य संस्थानले खसी, बोका र च्याङ्ग्राको विक्रि खुला गरेको छ । दसैँलाई केन्द्र बिन्दुमा राखेर वर्षायाममा भत्किएका सडकको मर्मतकार्य थालिएको छ । दसैँलाई केन्द्रित गरेर प्रहरीले विशेष सुरक्षा योजना, यात्रु सहायता कक्ष आदि सञ्चालन गरेको छ । 

दसैँमा हुन सक्ने ठगी, लुटपाट, कलोबजारी, महंगी, आदिका लागि सरकारी संयन्त्रहरुले विशेष सतर्ककासाथ काम गरिरहेका छन् । साँस्कृतिक पर्व दसैँमा प्रहरीको आँखा छलेर जुवा, तास खेल्ने, मादक पदार्थ सेवन गरेर होहल्ला र आतंक सिर्जना हुनेप्रति प्रहरीमात्र होइन, सबै नागरिक सचेत हुनुपर्ने बेला आएको छ । दसैँ, तिहार लगायतका पर्वहरुमा लुकिछिपि जुवातास खेल्दा धनजनको क्षती व्यहोरेका घटना हामीले धेरै सुन्दै आएका छौ । जुवा, तासको तलमा पर्दा पैसा, जग्गा, घर, गाडी, सुन, चाँदीसमेत स्वाहा भएर मानिसको जीवन नैं वनबास हुनेतर्फ हामी सचेत बन्नु पर्छ । 

एक क्षणको रमाइलो, साथीभाइको उक्साहट, मादक पदार्थको नशामा परेर बेहोसी अवस्थामा चाडपर्वमा खोलिने जुवा, तासले इज्जत, मान, प्रतिष्ठा त गुम्छ नै यसले परिवार नैं तहसनहस बनाउँछ । त्यसैले चाडपर्वमा हुन सक्ने यस्ता बिसंगतीलाई अन्त्य गर्दै असत्यमाथि सत्यको जित हुनेगरी समाजमा जरा गाडेर बसेका कुरितीहरुलाई फ्याँक्न यस्ता पर्वहरुले हामीलाई प्रेरणा र उर्जा दिएका छन् । हामीले पर्वहरुलाई सोही अनुरुप प्रयोग गर्नुपर्छ । 

एक क्षणको रमाइलो, साथीभाइको उक्साहट, मादक पदार्थको नशामा परेर बेहोसी अवस्थामा चाडपर्वमा खोलिने जुवा, तासले इज्जत, मान, प्रतिष्ठा त गुम्छ नै यसले परिवार नैं तहसनहस बनाउँछ । त्यसैले चाडपर्वमा हुन सक्ने यस्ता बिसंगतीलाई अन्त्य गर्दै असत्यमाथि सत्यको जित हुनेगरी समाजमा जरा गाडेर बसेका कुरितीहरुलाई फ्याँक्न यस्ता पर्वहरुले हामीलाई प्रेरणा र उर्जा दिएका छन् । हामीले पर्वहरुलाई सोही अनुरुप प्रयोग गर्नुपर्छ । 

स्वास्थ्यप्रति सचेत बनौँ

हामीले चाडपर्वको समयमा स्वास्थ्यको राम्रोसँग विचार पु¥याउनु पर्छ । हाम्रो भोजनको शैलीले खानाको गुणस्तर तथा परिकारले हाम्रो स्वास्थ्य निर्धारण गर्छ । हिजोआज चाडपर्वको खान्की स्वास्थ्य निर्माण गर्नेभन्दा पनि बिगार्ने प्रकारको रहेको छ । 

नेपालका अस्पतालको आँकडा हेर्याैं भने दुईवटा चाडपर्वपछि सबैभन्दा धेरै बिरामी अस्पताल गएका हुन्छन् । ती मध्यका हुन् दसैं, तिहार र छठ । सबैभन्दा धेरै बिरामी चाडपर्वपछि इमर्जेन्सी वार्डहरु भरिन्छन् । मान्छे अस्तव्यस्त भएर खान्छ, राक्षसी प्रवृत्तिले देखाउँछ । मान्छे सृष्टिले बनाउन खोजेको देवता हो तर खानपिन यसरी गर्छ कि राक्षसी पाराले । हामीले चाडबाडको बेला हाम्रो स्वास्थ्य बनाउनुपर्नेमा उल्टै रोग कमाउँछौं । 

हामीले के खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ र के खाँदा हानि हुन्छ भन्ने कुरामा ध्यान नदिँदा पेटका रोगी बढेको बढ्यै छन् । चाडपर्वको बेला मदिराको अत्यधिक सेवनले लड्ने, झगडा गर्ने, हिंसा गर्ने, घटनाहरु त्यत्तिकै बढेका हुन्छन् । धेरै आपराधिक घटनाहरु पनि बढेका हुन्छन् । हामीले हाम्रा चाडपर्वलाई अपराधको कारखाना बनाएका पो छौँ कि ? अपराध दुई प्रकारका हुन्छन् । एउटा आफैंमाथि गरिएको र अर्काे अरुमाथि गरिएको अपराध । अरूमाथि गरिएको अपराधका लागि त प्रहरी छ, अदालत छ । उनीहरुले रोक्छन् । तर आफैँमाथि गरेको अपराध कसरी रोक्ने ?

चाडपर्वका बेला हामी आफ्नो घर वा डेरा छोडेर आफन्तकोमा जान्छौं । यो बेला हामीले घरको सुरक्षामा विशेष ख्याल पु¥याउनु पर्छ । आजकल सामाजिक सञ्जालको प्रयोग बढी नै हुने गरेको छ । हामीले सामाजिक सञ्जाल प्रयोगमा विशेष ख्याल प¥याउन सक्यौँ भने पनि हाम्रो घरको सुरक्षा गर्न सकिन्छ । आफू कुन दिन कहाँ जाँदै छु भन्ने कुरा सामाजिक सञ्जालमा असावधानीबस व्यक्त गर्दा चोर्ने मौका कुरेर बसेका व्यक्तिहरुलाई थाहा हुन्छ र उनीहरु मौका छोपेर सोही समयमा घरमा चोरी गर्न सक्छन् । त्यसैले सामाजिक सञ्जाललाई सही रुपमा सदुपयोग गर्न जानियो भने भने पनि केही हदसम्म हाम्रो धनजनको सुरक्षा हुन सक्छ ।

दक्षिणा बढाएर दिनुपर्ने सोच त्यागौँ

दसैँमा परिवारका ज्येष्ठ सदस्यका हातबाट टीका र जमरासँगै आशीर्वाद थाप्न पाउनु अहोभाग्य मान्नुपर्छ । तर, ती ज्येष्ठ सदस्य जसको कुनै कमाइ छैन, अरूको सहारामा बाँच्नुपरेको छ, अरुको खटनमा खानुपरेको छ, त्यस्ता व्यक्तिले पनि आफूकहाँ आशीर्वाद थाप्न आएका छोरीचेलीलाई खुशी पार्नकै लागि दक्षिणा बढाएर दिनुपर्ने सोच हामीले राख्न हुँदैन । आफूभन्दा ठूलाबडाको आशीर्वाद थाप्न पाउनु लाखौं रुपैयाँ पाउनुभन्दा पनि ठूलो कमाइ हो । यो सोचाइ र संस्कार हामीले हाम्रा भावी पुस्तालाई दिन सक्नुपर्छ । टीका लगाइसकेपछि दक्षिणा कति पायौ ? यो प्रश्न अधिकांश अभिभावकको हुन्छ आफ्ना साना छोराछोरीसँग । त्यो हाम्रो ठूलो भूल हो । आशीर्वादलाई पैसामा दाँज्दै जाने हो भने हाम्रा चाडपर्वको आकर्षण बढ्दैन, घट्दै जान्छ  । जब चाडपर्व पैसासँग जोडिन्छन् त्यसलाई व्यवसायीकरण भएको मान्नुपर्छ ।

अहिलेको सन्दर्भमा मीठो मसिनो खान र राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्छ भन्ने छैन । जहिले इच्छा लाग्छ, तहिले पाइन्छ । तर, अरुलाई देखाउनकै लागि चाडपर्वकै समयमा गरगहना, लुगाफाटो जोड्ने गर्दा हुनेको फुर्ति बढ्ला तर नहुनेलाई बाध्यता पर्छ र ऋण गरेरै भए पनि चाडपर्व मनाउनुपर्छ । अतः हुनेले संयमता अपनाएर चाडपर्व मनाउँदा नहुनेलाई केही राहत मिल्छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट