Techie IT
  • २०८१ जेष्ठ ३, बिहीबार

नेपाल वायुसेवा निगमको जहाजले मलेसिया–भैरहवा उडान थाल्यो


काठमाण्डौ, ३० जेठ । नेपाल वायुसेवा निगमको जहाजले मलेसिया–भैरहवा उडान गरेको छ । व्यावसायिक उडानको अन्तर्गत मलेसियाको क्वालालम्पुरबाट आएको निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी विमानलाई बिहान भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरे । विमानमा मलेसियाका पर्यटन व्यवसायीहरुसहित अरु यात्रु आएका छन् । भैरहवामा मलेसियाका व्यवसायीसहित ३१ जना यात्रु ओरालेर निगमको जहाज काठमाण्डौ आएको छ । बाँकी यात्रु काठमाण्डौ आएका छन् । निगमले अहिले मलेसिया भैरहवा ३१ हजार र मलेसिया काठमाण्डौ ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको जनाएको छ । झण्डै ४० अर्ब रुपैयाँ लागतमा निर्माण भएको भैरहवा विमानस्थलको अघिल्लो वर्षको जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि यस अघि कुवेतको जजिरा एअरलायन्सले मात्रै व्यावसायिक उडान गरेको थियो । जजिरापछि हिमालय एअरलायन्सले कात्तिकमा मलेसिया चार्टर्ड उडान गरेको थियो । अहिले यी दुवै कम्पनीले भैरहवाबाट नियमित तथा चार्टर्ड उडान गरेका छैनन् । नेपाल वायुसेवा निगमले पहिलो चरणमा न्यारोबडीबाट हप्तामा एउटा उडान गर्ने र भारतले एअररुट अनुमति दिएमा चाँडै मलेसिया–भैरहवा–दिल्ली–काठमाण्डौ उडान गर्ने योजना रहेको बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट