Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

नेताहरू नसच्चिएसम्म देश विकास  असम्भवः गृहमन्त्री श्रेष्ठ


ललितपुर, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए। उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताउए। गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताए। राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीब्र पार्नु आवश्यक रहेको उनको भनाइ छ। ‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन । जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो । तर हामीले भनेजस्तो रुपमा कार्यभार निभाउन सकेका छैनौँ।’ उनले भने, ‘त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ । त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । जनताले के भनेका छन् भने यो देश बदल्न सबैभन्दा पहिलो पार्टीहरू र नेताहरू बदलिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ ।’ गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पुर्याउने सरकारले लक्ष्य रहेको उल्लेख गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट