Techie IT
  • २०८१ वैशाख १७, सोमबार

अर्थतन्त्रमा समस्या छैन; नीति, कार्यक्रम र बजेट आफैँ बनाउँछु : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् ।

हेटौँडामा निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभाको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारको बाटोमा रहेको भन्दै अहिले सङ्कट नरहेको दाबी गरे । अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेकोमा अहिले धेरै सुधार भइसकेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम, बजेट निर्माणमा आफैँ नेतृत्व लिने गरी तयारी गरेको पनि बताए । उनले अघिल्लो सरकारमा प्रधानमन्त्री एकातिर कुद्न चाहने र अर्थमन्त्री अर्कोतिर कुद्न चाहँदा निकै जटिल भएको भन्दै अब आफैँ नेतृत्व गरेर बजेट निर्माण गर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले निर्माण उद्योगमैत्री कानुन निर्माणलाई सरकारले प्राथामिकतामा राखेको उल्लेख गरे । उनले खरिद प्रक्रियामा रहेको प्रक्रियागत ढाँचालाई सरल बनाउनु आवश्यक रहेको भन्दै निर्माण व्यवसायीको समेत सहभागितामा ऐन संशोधन गरी पूर्वाधार विकासका कामलाई गति दिने बताए ।

प्रधानमन्त्री प्रचण्डले अब रणनीतिक आयोजना ओझेलमा पर्ने, अनावश्यक आयोजना थपिँदै जाने, राज्यको दायित्व बढ्दे जाने र खास गुणात्मक प्रतिफल नदेखिने बेथितिको दुष्चक्रबाट मुक्त हुनेगरी काम गर्न सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिइसकेको बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट