Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । अल्पमतमा पर्नु भएका उनले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा थारुले मन्त्रीको तथा इन्दिरा गिरीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । शुक्रवार राति ९ बजे प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । इन्दिरा गिरी कृषि राज्यमन्त्री भएकी छिन् । खुशीराम डङ्गौरा थारुलाई विना विभागीय मन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाटै कृषि राज्यमन्त्री रहनु भएका कैलाश चौधरीलाई फिर्ता बोलाइएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार चलाउनका लागि गठबन्धन गरे पनि बहुमत भने पुगेको छैन ।

५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर २५ जना मात्रै भएको छ । बहुमत पुर्‍याउन मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थालेका छन् छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट