Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

माओवादीले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने


धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राजनीतिक बदलावपछि फेरिएको राजनीतिक समीकरणपछि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन फिर्ता लिने तयारीमा लागेको हो ।

फिर्ता लिन आज बिहान १० बजे माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको माओवादी संसदीय दलका उपनेता अक्कल रावलले बताए ।  उनले आजै सरकारलाई दिएको समर्थन फिर्ता जानकारी दिए ।

नयाँ राजनीतिक समीकरणपछि मंगलबार मात्रै मुख्यमन्त्री कमल बहादुर शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरी मन्त्रिमण्डल हेरफेर गरे । उनले माओवादीबाट सामाजिक विकास मन्त्री भएका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश सिंह धामी र राज्य मन्त्री गीता माललाई बर्खास्त गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट