Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशीको परिणाम अप्रत्याशित, गम्भीर रुपमा छलफल हुन्छ : सत्ता गठबन्धन


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको सत्ता गठबन्धनले ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

उनले भने,  ‘जुन परिणाम आयो यो अप्रत्याशित छ, गम्भीर छ । त्यसकारण यसबारेमा अलि गम्भीरतापूर्वक छलफल गर्नुपर्छ भन्ने भएको छ ’ उनले यही परिणामका कारण गठबन्धनमा प्रतिकुल प्रभाव परिहाल्ने अवस्था नरहेको बताए ।  गठबन्धनका १९ जना उम्मेदवार नै साझा उम्मेदवारका रुपमा रहेको र सबैको सरोकारको विषय समेत बनेकाले यसबारे थप छलफल गर्दै जाने सहमति बनेको लेखकले बताए ।

लेखकले भने, ‘यो कन्सर्न प्रधानमन्त्री वा सभापतिको मात्रै कन्सर्न नभएर गठबन्धनका सबैको कन्सर्न हो । सबैको उम्मेदवार भएको हुनाले यसमा कसमा कसको के भयो भन्ने भन्दा पनि अहिले प्रारम्भिक छलफल भयो ।’ बैठकमा कसैले कसैलाई आरोप वा टीकाटिप्पणी नगर्ने भन्दै मिलेर नै समीक्षा गर्नेमा दुबिधा नभएको लेखकको भनाइ छ ।

माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीको महिला क्लस्टरमा गठबन्धनको बहुमत हुँदाहुँदै एमाले उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित भएकी थिइन् । त्यसक्रममा गठबन्धनका मतदाताले एमाले उम्मेदवारलाई मत दिएका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट