Techie IT
  • २०८१ वैशाख २२, शनिबार

नेता निधिद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले भेटेर महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

नेता निधिको अनुरोधप्रति आफू सकारात्मक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यथाशीघ्र गठन आदेश जारी गर्ने आश्वासन दिएका निधिको निजी सचिवालयले जनाएको छ ।  यसैगरी उनले राजर्षी जनक विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि जग्गा प्राप्ति अन्तिम चरणमा रहेकाले त्यससम्बन्धी निर्णय गर्न पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा जनकपुरको विकासका लागि रु एक अर्ब सहयोगको प्रतिबद्धता जनाएको स्मरण गराउँदै नेता निधिले सो रकम रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा लगानी गर्न मधेश प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकालाई समेत सुझाव दिएको जानकारी गराएका थिए ।–रासस



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट