Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

महाधिवेशन गरेर पार्टीलाई संस्थागत गर्ने अध्यक्ष बास्कोटाको भनाई

नेता कार्यकर्ताले भविष्य नदेखेर पार्टी छाडेको विवेकशील पार्टीको स्वीकारोक्ति


काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टी महाधिवेशन गरेर पार्टीलाई संस्थागत गर्ने बताएकी छिन् ।

विवेकशील साझा पार्टीको छैटौं स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा अध्यक्ष बास्कोटाले संस्थागत प्रणालीमा गएपछि पार्टीमा व्यक्ति हावि हुन नपाउँने भन्दै अधिवेशन मार्फत संस्थालाई संस्थागत गरेर लाने बताईन् । 
उनले भनीन, यो पार्टी एउटा सार्वजनिक संस्था हो । सार्वजनिक संस्थामा कोही व्यक्ति आउँने, जाने हुन सक्छ । तर कोही व्यक्तिसँग सबै सेलाएर जादैँन् भनेर हामीले एउटा उद्देश्य लिएका थियौं । विभिन्न बहानामा ५ वर्षमा अधिवेशन गर्न सकिएको छैन्, पार्टीको जस्तो जे भएपनि हामी महाधिवेशन गरेर यसलाई संस्थागत गर्नेर्छौ । जब एउटा संस्था संस्थागत प्रणालीमा जान्छ, त्यसपछि व्यक्ति हावि हुन पाउँदैन् ।’

उनले पार्टी कुनै व्यक्ति विशेष नभएको भन्दै कोही देहान्त भएर, पार्टी छोडेर जादैँमा पार्टी नरोकिने बताईन् । 
पार्टी सबै ठीक थियो तर यसलाई चलाउँने मान्छेले पार्टीभित्रको मान्छेको भविष्य नदेखेर बाहिरिएको भन्दै घाईते पार्टीलाई उठाउन समय लागेको बताईन् ।

उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले पार्टीले मानवता केन्द्रित  राजनीतिलाई दस्तावेजमा राखेको र त्यसमाथिको छलफल पश्चात पारित गरेको बताए ।

उनले भने, एकजना व्यक्तिलाई राज्यले कसरी सुरक्षा दिन सक्छ, दलहरुले कसरी प्रवद्र्धन गर्न पर्छ, भनेर हामीले व्यक्ति अथवा मानवता केन्द्रित राजनीतिलाई दस्तावेजमा राखेका छौ । त्यसमा छलफल गरेका छौ ।

देशमा भएको अलमलिएको राजनीतिले नेपाली समाजलाई दूषित बनाई रहेको भन्दै जिम्मेवार, निकाषमूखि, विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, स्वाधीनतालाई केन्द्रमा राखेको राजनीतिको दस्तावेज निमार्ण गरेको बताए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट