Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सूचना प्रविधि दिवसकै देशभर इन्टरनेट सेवामा समस्या


काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ। निजी इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा एकाएक समस्या देखिएको हो। नेपाल टेलिकमसँग सम्बन्धित इन्टरनेट सेवामा भने समस्या देखिएको छैन । आज सूचना प्रविधि दिवस मनाउँदै गर्दा धेरै इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध भएको हो ।

नेपालमा मुख्यतया भारतबाट इन्टरनेट ब्यान्डविथ भित्रिने गरेको छ। एयरटेल कम्पनीले उक्त ब्यान्डविथ नेपाललाई प्रदान गर्छ। तर, अहिले नेपाली इन्टरनेट सेवाप्रदायकलाई सटही सुविधा रोकिदिएको छ। सरकारसँग कर विवादको कारण सरकारले कम्पनीहरुलाई उक्त सुविधा रोकिदिएको हो।

यसले कम्पनीहरुले एयरटेललाई तिर्नुपर्ने करिब ३ अर्ब रुपैयाँ भुक्तानी झण्डै वर्ष दिनयता हुन सकेको छैन। नेपालमा भित्रिने ब्रोडब्यान्डमध्ये करिब ७० प्रतिशत भारतबाटै आउँछ।

‘मुख्य सर्भरमा समस्या देखिएको र एक,डेढ घण्टामा समाधान गर्ने प्रयास भैरहेको इण्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।

इण्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले सेवाग्राहीलाई एसएमएस पठाएर सेवामा समस्या देखिएकामा क्षमा माग्दै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकसँगको समस्याका कारण इन्टरनेटमा समस्या देखिएको बताएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट