अध्यक्ष प्रचण्डको अनुपस्थितिमा माओवादी पदाधिकारी बैठक : सरकारका सकारात्मक काम कारवाहीलाई थप प्रभावकारी बनाइने
.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकले सरकारका सकारात्मक काम कारवाहीलाई थप प्रभावकारी बनाउँने विषयमा छलफल गरेको छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डकाे अनुपस्थितिमा बसेको पदाधिकारीको बैठकले सरकारका सकारात्मक काम कारवाहीलाई तीनै तहको सरकारमा कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए । त्यस्तै महाधिवेशनले तय गरेको कार्यशाला र वैचारिक प्रतिवेदनलाई अझै स्पष्ट पार्ने विषयमा पनि छलफल भएको जानकारी उनले दिए ।
उनले भने,‘यस पटक महाधिवेशनले गरेको कार्यशाला अझै स्पष्ट पार्ने ,वैचारिक राजनीनिक विषयलाई अझै स्पष्ट गर्नेलगायत सरकारका सकारात्मक काम कारवाहीलाई तीनै तहको सरकारमा कसरी प्रभावकारी बनाउने भन्ने विषयमा निर्णय भएको छ । ’
प्रवक्ता महराले, पदाधिकारीको बैठक फेरि साउन १३ गते बस्ने जानकारी पनि दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस