Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

हेटौँडामा ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ


मकवानपुर, ३१ जेठ । ५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको सुनसहित उनलाई पक्राउ गरिएको जानकारी दिएको हो । जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट