Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

संसदको अवरोध हटाउन एमाले सहमत


काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले संघीय संसदका दुवै सदनमा देखिएको अवरोध हटाउन सहमत भएको हो।

नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले गृहमन्त्रीको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध गर्ने बताए।

‘सत्ता पक्षले गृह मन्त्रीले जवाफ दिन खोज्दा पनि एमालेले अवरोध गरिरहेको छ भनेर भ्रम छर्न खोजिरहेको छ’‚ बर्तौलाले भने, ‘त्यसैले हामी पहिला गृह मन्त्रीको जवाफ सुन्छौं। त्यसमा उच्चस्तरीय समिति गठन गर्ने विषय आयो भने हामी स्वागत गर्छौं‚ बैठक सहजै अघि बढ्छ। नभए हामी अवरोध कायम राख्छौं।’

एक क्न्टिल सुन तस्करी प्रकरणका विषयमा एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पार्दै आइरहेको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट