Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


काठमाडौं, ३ असार । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका दुई स्थानबाट शनिबार १२ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, गागलफेदीस्थित कृष्ण खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नगद ९५ हजार ३३५ रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, टोखा नगरपालिका–३, धनेश्वरमा डेरा गरी बस्ने गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२ की २० वर्षीया सविता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित पाँचजनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नगद एक लाख ९० हजार रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट