Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’


डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा रहेको ‘खप्तड होमस्टे’ले समिट एयरसँगको सहकार्यमा 'खप्तड एडभेन्चर हेली टुर’ सुरु गरेको हो । खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । शुक्रबारदेखि सुरु भएको हेली टूर आइतबारसम्म सञ्चालन गरिने खप्तड होमस्टे झिग्राना तथा खप्तड एड्भेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए । उनका अनुसार धार्मिक तथा पर्यटकीयस्थल खप्तडको अवलोकन तथा प्रचाप्रसारका लागि ‘हेली टुर’ सुरु गरिएको हो । डोटीको झिग्रानाबाट खप्तडमा घुमफिरमा जाने यात्रुहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म शुल्क तोकिएको खड्काले जानकारी दिए । हेलिकप्टरमार्फत खप्तड घुम्नका लागि झिग्रानाबाट छोटो प्याकेज ल्याइएको छ । पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ । सुदूरपश्चिमका चार पहाडी जिल्लाहरु बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थल रहेको खप्तडमा त्रिवेणी मन्दिर, २२ वटा पाटन छन् । केदार ढुंगा, खप्तडबाबाको आश्रम, विभिन्न प्रजातिका फूल तथा चराचुरुङ्गी रहेका छन् । भूस्वर्गका उपमाले चिनिने खप्तड समुन्द्री सतहबाट दुई हजार सात सयदेखि तीन हजार दुई सय २७ मिटरसम्मको उचाइमा रहेको छ । यहाँ विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान पनि रहेको छ । भूस्वर्गका रुपमा चिनिने खप्तड पछिल्लो समय पर्यटको मुख्य आर्कषणको केन्द्र बन्दै गएको छ ।  



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट