Techie IT
  • २०८१ वैशाख १४, शुक्रबार

गोरखापत्रलाई राष्ट्रिय एकताको प्रवर्धन गर्नेगरी समाचार सामग्री पस्कन प्रधानमन्त्रीको आग्रह


काठमाडौं, २४ वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखापत्रलाई आफ्नो प्रकाशनका सामग्रीको गुणस्तरीयता र विविधतामा ध्यान दिन जोड दिएका छन् । गोरखापत्र प्रकाशनको १२३ वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय एकताको प्रवर्धन गर्नेगरी समाचार सामग्री पस्कन पनि आग्रह गरे । गोरखापत्र नेपाल र नेपालीको गौरव भएको र यसको विश्वसनीयता अन्य पत्रपत्रिका तथा सञ्चार माध्यमभन्दा बढी रहेकाले त्यसलाई कायम गर्दै जिम्मेवारी निर्वाह गर्न गोरखापत्रकर्मीहरुलाई आग्रह गरे । त्यस्तै, गोरखापत्र नेपाल र नेपालीको ऐतिहासिक धरोहर भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “गोरखापत्रमा राष्ट्रको इतिहास जोडिएको छ, यसको गुणस्तरीयतामा ध्यान दिनुपर्छ, उहिलेभन्दा अहिले गोरखापत्रको सामग्रीमा निकै सुधार भएको छ, यसलाई अझ बढी विश्वसनीय र गुणस्तरीयताका लागि ध्यान दिनुपर्छ ।” गोरखापत्र नागरिकलाई प्रतिनिधित्व गर्ने युगपत्र पनि भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले थपे, “मुलुकको सबैभन्दा विश्वसनीय पत्रिका गोरखापत्र हो, थुप्रै आरोह अवरोध पार गर्दै यो अवस्थामा पुगेको छ, यसलाई अझ प्रतिस्र्धी, विश्वसनीय र जनताको आवाज बोल्ने पत्रिकाको रुपमा विकास गर्दै लैजानुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले भने, “नागरिकलाई सही सूचनाले सुसुचित गराउनुपर्छ, विश्वसनतामा विशेष ध्यान दिनुपर्छ ।” गोरखापत्र संस्थान व्यवस्थापन पक्षले सुशासन, पारदर्शीता र जवाफदेहितामा ध्यान दिनुपर्ने भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भनने, “नागरिकलाई सही सूचनाले सुसुचित गराउनुपर्छ, विश्वसनतामा विशेष ध्यान दिनुपर्छ ।” संस्थानमा कार्यरत रहेका पत्रकार, कर्मचारी तथा सबै जनशक्तिको बृत्ति विकासमा व्यवस्थापकीय नेतृत्वलाई ध्यान दिन उनले निर्देशन दिए । गोरखापत्र मुलुकको र जनताको पत्रिका भएकाले सकारात्मक सोचको विकासमा बढी ध्यान दिनुपर्छ उनले भने, “गोरखापत्रले प्राविधिक पक्षमा सुधार गर्दै समयानुकुल परिमार्जन गर्दै अघि बढ्नुपर्छ, जनतालाई आशा र विश्वास तथा उज्यालो सोचको विकास गर्नमा भूमिका खेल्नुपर्छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट