Techie IT
  • २०८१ वैशाख २२, शनिबार

अस्ट्रेलियाली पर्वतारोही एली पेपरद्वारा विना अक्सिजन अन्नपूर्ण–१ को आरोहण


काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले विना अक्सिजन विश्वको दशौँ अग्लो हिमाल अन्नपूर्ण–१ को आरोहण गरेकी छिन् ।

पेपरले गाइड मिकेल शेर्पा र निमा शेर्पाको साथमा आज दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी हुन् । दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी पेपरले अहिलेसम्म विना अक्सिजन तीन वटा आठ हजार मिटर अग्ला हिमालको सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् ।

एली पेपरले अब यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा हुनुहुन्छ, त्यसपछि मकालु हिमालको आरोहण गर्ने उनको लक्ष्य छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट