Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो


काठमाडौं । आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिवालय मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।

पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।

यसैबिच दर्शनार्थीको भीड लागेपछि प्रहरीले पशुपति आसपासको सडकमा बिहानैदेखि यातायात चल्न दिएको छैन । बिहान ४ बजेदेखि नै पुरानो बानेश्वर, गौशाला, जयवागेश्वरी, मित्रपार्क, पिंगलास्थान लगायतका सडकमा सवारी रोक लगाइएको छ । ट्राफिक प्रहरीले त्यस क्षेत्र भएर चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । पैदलयात्रीलाई भने आवत जावतमा रोक लगाइएको छैन । 

यस्तै जिल्ला प्रशासन कार्यलय काठमण्डौंले महाशिवरात्रीको मेलामा पशुपति क्षेत्रमा मदिरा तथा नशालु पर्दाथ बेचबिखन र सेवनमा रोक लगाएको छ । पशुपति क्षेत्रको चार किल्लामा मदिरा, गाँजा, भाङ, धतुरो तथा नशालु पदार्थ बेचबिखन र सेवन गर्न रोक लगाइएको हो । 

गौशाला मित्रपार्क सडकदेखि पुर्व, पशुपति क्षेत्रको पुर्व सिमानादेखि पश्चि तथा गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुदै बागमती नदी दक्षिण सम्म मदिरा तथा नशालु पर्दाथ सेवन, बेचबिखन तथा ओसार पसारमा निषेध गरिएको हो । मेला अविधी र अन्य समयमा पनि पुर्ण रुपमा रोक लगाइएको र उलंघन गरेमा कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट