Techie IT
  • २०८१ वैशाख १६, आइतबार

विश्व जलवायु न्यायसम्बन्धी काठमाडौं घोषणा पत्र जारी


काठमाडौं । जलवायु क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूले पर्वतीय क्षेत्रको विकासलाई प्राथमिकतामा राख्न माग गर्दै काठमाडौं घोषणा पत्र जारी गरेका छन् ।

काठमाडौंमा चलिरहेको विश्व समाजिक मञ्चको सम्मेलनअन्तर्गत भएको विश्व जलवायु न्यायसम्बन्धी दुई दिने सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गरेको हो । विभिन्न १२ वटा संस्थाले संयुक्तरूपमा गरेको सम्मेलनले जलवायु परिवर्तनका विभिन्न आयाम, प्रभाव, वित्त परिचालनको संयन्त्र र लक्षित वर्गको न्यायका विभिन्न विधामा छलफलपछि काठमाडौं घोषणा पत्र जारी गरेको हो ।

सम्मेलनले जलवायु सङ्कटको सम्बोधनसँगै दिगो विकास लक्ष्य हासिल गर्न नागरिक समाज सङ्गठन, सामाजिक आन्दोलन, ट्रेड युनियन र विश्वका विभिन्न भागका व्यक्तिहरूको संयुक्त पहल र सहकार्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ । त्यसैगरी महिला तथा सीमान्त र पछाडि पारिएका समूहको अधिकार प्राप्तिविना जलवायु न्याय नहुने भन्दै त्यस जलवायु वित्तमा ती वर्गलाई प्राथमिकतामा राख्न विश्वको ध्यानाकर्षण गराइएको घोषणा पत्रमा उल्लेख छ ।

दुई अर्बभन्दा धेरै मानिसका लागि पानीको स्रोत बनेको हिमाली क्षेत्रको हिउँ शताब्दीको अन्त्यसम्ममा एक तिहाइले घट्ने र पृथ्वीको तापक्रम वृद्धि नियन्त्रणबाहिर जाने स्थितिलाई ध्यान दिएर पर्वतीय साझेदारी र समन्वयलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बारेमा छलफल भएको घोषणा पत्रमा उल्लेख छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट