Techie IT
  • २०८१ वैशाख १६, आइतबार

साउथवेस्टन स्टेट कलेजमा सरस्वती पूजा सम्पन्न


काठमाडौँ– आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी विहानै देखि सरस्वतीको मन्दिर, विद्यालय, कलेजहरुमा विशेष कार्यक्रमका साथ मनाइँदै छ । 
विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।


आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाककान छेड्न पनि शुभ मानिन्छ ।
काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।
साउथवेस्टन स्टेट कलेज, बसुन्धरा काठमाडौंले कलेजमा रहेको सरस्वतीको मन्दिरमा विहानैदेखि पूजाआजा गरी सरस्वतीपूजा एक भव्य कार्यक्रमका वीच सम्पन्न गरेको छ । कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति बाक्लो देखिएको छ । सरस्वती पूजाको दिनको अवसरमा कलेका विद्यार्थीहरुका बीच नृत्य साथै गायन प्रतियोगिता आयोजना गरिएको कलेजका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट