Techie IT
  • २०८१ वैशाख २७, बिहीबार

दैनिक ६ घण्टा हिँडेर पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा


बाग्लुङ  । बाग्लुङको तमानखोला गाउँपालिकाले विद्यालयबाट टाढाका विद्यार्थीलाई आवासीय सुविधाको व्यवस्था गरेको छ ।

तमानखोला –६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो । नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक छ घण्टा हिँड्नुपर्ने बाध्यता हटेको छ । दैनिक छ घण्टा हिँडेर वडा नम्बर–५ खुङ्खानीको शान्ति माध्यमिक विद्यालयमा पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा दिइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

गएको पुस १ गतेदेखि कक्षा १० मा पढ्ने विद्यार्थीका लागि गाउँपालिकाले विद्यालयमै 'होस्टेल' स्थापना गरेर एसईई (माध्यमिक शिक्षा परीक्षा) दिँदासम्मका लागि आवासीय सुविधा दिन थालेको विद्यालयमा प्रधानाध्यापक सत्यनाराण सिंहले जानकारी दिए ।

 


 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट