Techie IT
  • २०८१ वैशाख १८, मंगलबार

प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो


फाइल तस्बिर ।

प्युठान, २८ मंसिर । प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गाडीको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडा सदस्य दामोदर नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

प्युठानको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको जीप बरौलाको मोति माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहीवार बिहान ११ बजेर २० मिनेटमा लु ३ च ६८७४ नम्बरको जीपको अगाडिको टायर पङ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरी प्रमुख थापाले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट