Techie IT
  • २०८१ जेष्ठ ४, शुक्रबार

सगरमाथा आरोहणका लागि चौथो शिविरसम्मै बाटो खुल्यो


काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविरसम्मै बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।

यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट