Techie IT
  • २०८१ वैशाख २६, बुधबार

लुम्बिनी प्रदेशमा अवदेखि महिलालाई महिनावारी बिदा


काठमाडौं । लुम्बिनी प्रदेशले निजामती सेवामा कार्यरत महिला कर्मचारीलाई महिनावारी बिदा दिने भएको छ । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ‘महिनावारी बिदा’ को व्यवस्था गरेको हो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को ९१० (ग) अनुसार बिदाको व्यवस्था गरिएको छ ।

यसअघि प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । भदौ २२ गते प्रदेश सभाबाट पारित भएपछि सो ऐन मंसिर २१ गते प्रमाणीकरण भइसकेको थियो।


महिनावारी बिदा कति दिन पाउने भन्ने हालसम्म बताइएको छैन । नियमावलीका अनुसार नै विदाको दिन तोकिनेछ । नियमावली सरकारले कहिले बनाएर पारित गर्छ त्यसपछि बिदा लागू हुनेछ ।

महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएको छ । सोहि क्रममा लुम्बिनी प्रदेशमा अब महिनाबारी बिदा पनि दिइने भएको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट