Techie IT
  • २०८१ जेष्ठ ६, आइतबार

आजको मौसम : काठमाडौं उपत्यका सहित विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना


काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो बेलुका काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरीसहित हल्का पानी परेको थियो । गएको २४ घण्टामा काठमाडौंमा २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै ताप्लेजुङ र धनकुटामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको  सम्भावना छ ।

महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती र कोशी प्रदेशका एक–दुई ठाँउमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले  सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट