Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

विश्व कप छनोट खेल्ने नेपाली टोली आज यूएई जाँदै


काठमाण्डौं, २६ कात्तिक । फिफा विश्व कप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज यूएई प्रस्थान गर्दैछ ।

नेपाली टोली आज दिउँसो ३ बजे यूएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालले यूएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ । त्यसपछि नेपालले आउँदो मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ ।
    
विश्व कप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । त्यस्तै, विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो ।

यूएईसँग खेल्ने नेपाली खेलाडीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, र छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङ्दाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट