Techie IT
  • २०८१ वैशाख २०, बिहीबार

विश्व स्तनपान सप्ताह विशेष: आमाको दूध नै बालबच्चाका लागि पौष्टिक आहारको भण्डार


काठमाडौं । विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो । प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्म मनाइने गरिन्छ । 
यस वर्ष पनि सधैँ जस्तै अगष्ट १ देखि ७ सम्म सप्ताहव्यापी उत्सव मनाइँदै छ । नेपालमा पनि आमा र बच्चाको स्वास्थ्य प्रवद्र्धनका लागि स्तनपानको अपरिहार्य महत्व छ भनि बुझाउन राष्ट्रिय रुपमा नै जनचेतनामूलक कार्यक्रमहरु भईरहेका छन् ।

नेपालमा कुपोषण जनस्वास्थ्य समस्याको रुपमा रहेको छ । बालबालिकामात्र नभएर किशोरीहरु, गर्भवतीहरु र बच्चा जन्माई सकेका महिलाहरुको पोषण स्थित पनि सन्तोषजनक भने छैन । 
कुपोषित आमाबाट जन्मेका शिशुहरु पनि प्रायः कुपोषितनै भएर जन्मन्छन् जसले गर्दा त्यस्ता शिशुहरुलाई जीवन भर नै असर पर्न सक्छ । तसर्थ स्वस्थ्य बच्चा जन्माउन आमा स्वस्थ्य रहन आवश्यक छ । जस्का लागि गर्भवती अवस्थामा नै आमाले आफ्नो खानपान र स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिनु पर्दछ ।

बाल रोग विषेशज्ञ डा.प्रज्वल पौडेलका अनुसार, नवजात शिशु र बालबालिकाको लागि सर्वोत्कृष्ट पौष्टिक आहार भनेको आमाको दूध नै हो । त्यसैले ६ महिनासम्म नवजात शिशुलाई अन्य केही पनि नखुवाईकन स्तनपान मात्र गराएमा यसले उनीहरुको रोगप्रतिधात्मक शक्तिको विकास हुने डा. पौेडेलको भनाइ छ ।  

आमाको गर्भमा रहदा शिशुलाई चाहिने सम्पूर्ण आहांर आमाबाटनै पाउने पनि डा. पौडेलले बताए । 
जन्मेपछि पनि शिशुले सर्वप्रथम आमाको दूध खान्छ र ६ महिनासम्म शिशुलाई आमाको दुध मात्र खुवाए पुग्छ, अरु कुनै चिजको आवश्यकता पर्दैन । शिशु जन्मे पछि स्वास्थ्य र निरोगी भई बढ्न र हुर्कनको लागि आमाको दूध नै सर्वोत्कृष्ट आहार भएको पनि उनले बताए ।

२४ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेका छन् । 
यस वर्ष २०२१ को साझा विषय दिगो विकास लक्ष्य २०३० अभियानको विषयगत क्षेत्र २ सँग मिल्दोजुल्दो हुनेगरी अगाडि बढाइएको छ, जसले स्तनपान र अस्तित्व, स्वास्थ्य र महिलाहरुको स्थिति, बच्चाहरुको स्वास्थ्य र राष्ट्रको बीचको सम्बन्धलाई प्रगाढ बनाउदछ ।

त्यसैले सन् १९९२ देखि नेपाल सहित विश्वभर हरेक वर्ष अगष्ट महिनाको पहिलो साता अगष्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउने गरिन्छ र सप्ताह उपलक्ष्यमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेका छन् ।
डा.प्रज्वल पौडेल भन्छन्, ‘अहिले बालबालिकामा के समस्या छ भने धेरै जसोलाई डाइरिया हुन्छ । त्यसलाई नियन्त्रण गर्न सकिएन भने त्यसले मृत्यु पनि हुन सक्छ । अर्को भनेको निमोनिया हो यदि बालबालिकालाई हामीले स्तनपान गराएका छौं भने डाइरिया हुन सक्छ तर कडा किसिमको डाइरिया हुँदैन् । त्यसले गर्दा उनीहरु सामान्य रुपमा उपचार गर्दा पनि ठीक हुन्छन् । तर कुनै बालबालिकाले स्तनपान गर्न पाएनन भने् उनीहरुमा निमोनिया डाइरिया जुन किसिमको हुन्छ त्यो कडा किसिमको हुन्छ । भर्ना नै गरेर राख्नुपर्ने स्थिति हुन्छ । त्यसैले जटिलता बढी हुन्छ र मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यसैले हामी अभिभवाकको हैसियतले बालबालिकालाई हामीले जति सक्दो बढी स्तनपान गराउन सक्छौं त्यति नै बालबालिकामा हुने रोगको वर्ण आफै कम भए जान्छ । स्तनपान नगराउँदा दीर्घकालीन असरमा बालाबालिकामा पछि गएर डाईवेटिज देखिने र मुटु सम्बन्धि रोगहरु देखिने हुन्छ । तर स्तनपान मनग्ये गराउँदा बालबालिकामा यस्ता सम्भावनालाई न्युनीकरण गर्छ भनेर अनुसन्धानले देखाएको छ। त्यसैले हाीमले स्तनपानमा जोड दिन आवश्यक छ ।

अहिलेको तथ्यांकले के देखाएको छ भने नेपालमा मात्र नभई अरु देशहरुमा पनि कामकाजी आमाहरुले ‘ वर्किङ मदर’ हरुले उहाँहरुमा चाही स्तनपान गराउनेहरुको रेट कम पाईएको छ । उहाँहरुले बुझेकै हुनुहुन्छ त्यसैले बुझ्दा बुझदै पनि स्तनपान गराउन कि सकिरहनु भएको छै न त ? कामको लोड हुन सक्छ स्ट्रेसले हुन सक्छ,समय मिलाउन नसकेर हुन सक्छ । कतिपयलाइ थाहा छैन स्तनपानको व्यवस्था अहिले केही सहज पनि हुँदै गएको छ । ताकि कामकाजी महिला घरमा नहुँदा पनि घमा नै अरु कसैले स्तनपान गराउन सकिन्छ ।

स्तनपानलाई अझै प्राथमिकता दिनका लागि र बालबालिकाको स्वास्थ्य सुनिश्चितता गर्नको लागि कदम चाल्नु आवश्यक छ । यसपालीको जुन नाराका साथ स्तनपान सप्ताह मनाइदैछ । त्यसले पनि यहि कुरालाई प्रथामीकतामा राखेको छ ।

स्तनपान यस्तो कुरा हो जसको कुनै पनि साईड इफेक्ट छैन् । न आमालाई छ न बच्चालाई । स्तनपानले आमाको सौन्दर्यमा असर पर्छ रे छ तर अनुसन्धानले के देखाउछ भने स्तनपान गराएको आमाहरुमा अझै अनुहारमा चमक ल्याउँछ । त्यसैले स्तनपानले आमाको सौन्दर्यतालाई विगार्ने हैन कि निखार्ने काम गरिरहेको हुन्छ।'



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट