Techie IT
  • २०८१ वैशाख २१, शुक्रबार

नारायण गोपाल स्मृति सम्मान तारादेवी र रसिकलाई


काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवसका अवसरमा ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई सम्मान गरिएको छ ।

आज मङ्गलवार काठमाडौंमा आयोजित कार्यक्रममा तारादेवी र रसिकलाई स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार प्रदान गरिएको हो । उहाँहरूलाई कदरपत्रसहित जनही ५१ हजार रुपैयाँले सम्मान गरिएको हो ।

स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । २०४७ सालमा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ । स्मृति सभामा कलाकारहरूले नारायण गोपालका कालजयी गीत प्रस्तुत गरेका थिए ।

स्वरसम्राट नारायण गोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट