Techie IT
  • २०८१ वैशाख २८, शुक्रबार

नागरिक उड्डयन प्राधिकरणले बालेन साहलाई सोध्यो स्पष्टीकरण


काठमाण्डौं, १ असार । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका मेयरको निर्देशनमा बिहीवार भत्काएपछि आज शुक्रवार प्राधिकरणले शाहलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा भनिएको छ, ‘काठमाण्डौ महानगरपालिका वडा नं। ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि।नं। ३० को जग्गा यस प्राधिकरणले तारबार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो,उक्त क्षेत्रमा नगर प्रहरी राजु पाण्डे समेतले प्राधिकरणलाई सूचना नदिई अन्य नगर प्रहरीलाई आदेश दिई मिति २०८०/२/३२ मा फिनिसिङ तारबार काट्न लाग्दा नगर प्रमुखको आदेश बमोजिम यस्तो कार्य गरेको र उतै सोध्नु भनी जवाफ दिएकाले सो तारबार र फिनिसिङ काटी लैजाने कार्यमा तपाईँको समेत प्रत्यक्ष संलग्नता देखिएको हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न हुन प्राधिकरको मिति २०८०/२/३२ को निर्णय अनुसार जानकारी गराइन्छ ।’ यसैगरी प्राधिकरणले सत दिनभित्र लिखित स्पष्टीकरण पेस नगरेमा कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ । प्राधिकरणले शाहलाई सोधेको स्पष्टीकरणको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई दिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट