Techie IT
  • २०८१ वैशाख २२, शनिबार

चिकित्सकमाथि भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता


काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडाको सन्चो अस्पतालमा दुई चिकित्सकमाथि भएको कुटपिट घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूसँगको भेटमा प्रचण्डले कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनााएका हुन् ।

संघले बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाहीका लागि ज्ञापनपत्र बुझाएको छ ।

बिरामीको मृत्युको विषयलाई लिएर सन्चो अस्पतालका चिकित्सकहरू ड. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बुधबार दिउँसो सामूहिक कुटपिट भएको थियो । कुटपिटमा संलग्न दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरिसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट